चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै मणिपाल अस्पतालको सेवा एक साता बन्द गर्ने घोषणा

काठमाडौँ, ९ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले एक साताका लागि सेवा बन्द गर्ने घोषणा गरेका छन्।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका लागि आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेका हुन्।

सोमबार साँझ आवासिय तथा इन्टर्न चिकित्सहरुले एक सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र दोषीलाई बिना धरौटी जेल चलाउनको कानुनी सुनिश्चितता नभएसम्मका लागि सेवा दिन नसक्ने बताइएको छ।

उनीहरुले उक्त कुराको सुनिश्चितता नभएसम्मका लागि अस्पतालमा प्रदान गरिँदै आएको ओपीडी, वार्ड, आइसीयू, आकस्मिक प्रयोगशालालगायतका सेवा बन्द गरिएको जानकारी दिएका छन्।

लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो। दुराको मृत्यु भएपछि  मृतकका आफन्तले  डा अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए।  डाक्टरमाथि हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *