सर्वसाधारणका लागि ४० करोड रुपैयाँको आईपीओ जारी गर्ने तयारीमा स्टार अस्पताल

काठमाडौँ, ४ असोज । सानेपास्थित स्टार हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि ४० करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । हस्पिटलले ४० करोड शेयर पुँजी बराबरको १०० रुपैयाँ अंकित ४० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

बिहीबार अस्पतालले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्पिटलको चुक्ता पुँजी ६९ करोड रुपैयाँ रहेको अस्पतालले जनाएको छ । हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार शेयरसहित ८५ करोड रुपैयाँ चुक्ता पुजी रहने अवस्थामा यो आईपीओ निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बिमा कम्पनीहरु, प्राइभेट इक्वीटी कम्पनीहरु तथा निजी संस्थागत लगानीकर्ताहरु समेत गरी चुक्ता पुँजी २ अर्बभन्दा माथि हुने अस्पतालले आफ्नो प्रेस विज्ञप्तीमा जनाएको छ ।

अस्पतालले थप पुँजी लगानीबाट अत्याधुनिक उपकरणसहित क्यान्सर उपचार सेवा, आईभीएफ सेवाका साथै देशका विभिन्न भागमा सेवा विस्तार गर्ने जनाएको छ ।

साथै स्टार अस्पतालले चाँडै नै अन्तराष्ट्रिय बैंकसंग समेत सहकार्य तथा केही प्रख्यात विदेशी अस्पतालसंग समेत सहकार्य गरी सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *