नेपालमा डेंगु संक्रमितको संख्या २७ हजार नाघ्यो

काठमाडौँ, २ असोज । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ ।
डेंगु सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लाहरूमध्ये सुनसरी जिल्लामा सबैभन्दा धेरै सङ्क्रमित पुष्टि भएको छ ।
सुनसरीमा १५ हजार ८८१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
त्यस्तै, धादिङ जिल्लामा २ हजार ९९२ सङ्क्रमित भएका छन् । मोरङमा २ दुई हजार २६१ जनामा, झापामा १ हजार ३९४, काठमाडौँमा ५१७, सङ्खुवासभामा ४३३, धनकुटामा ४०३, धनुषामा ३३१ र तनहुँमा ३०२ सङ्क्रमित रहेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।