फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

264
Shares


काठमाडौँ, ३१ भदौ । नेपाल फार्मेसी परिषद्ले शनिबार सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार शनिबार सञ्चालन गरेको २३ औँ नाम दर्ता परीक्षामा कुल १ हजार ९८५ जनाले सहभागिता जनाएका थिए । ती मध्ये ७९५ अर्थात ४०.०५ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान अध्ययन् संस्थानमा परीक्षामा मर्यादाविपरित गतिविधि गरेका ४ जना भने निस्कासनमा परेका छन् ।

त्यसो त शुक्रबार परिषद्ले शनिबार हुने २३ औँ नाम दर्ता परीक्षाका लागि २ हजार ८० जनाको आवेदन स्विकृत गरेको जनाएको थियो ।

त्यसमा १ हजार ९८५ जना परीक्षार्थीको नियमित प्रक्रिया अन्तर्गत आवेदन स्विकृत भएको र ९५ जनाको आवेदनलाई सशर्त स्वीकृत गरेको उल्लेख गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *