एकीकृत समाजवादी निकट स्वास्थ्यकर्मी संगठनको जिल्ला कमिटि एमाले निकटको संगठनमा समाहित

सुर्खेत । सुर्खेतमा नेकपा एकीकृत समाजवादी पार्टी निकट स्वास्थ्यकर्मी संगठनको जिल्ला कमिटि एमाले निकटको संगठनमा समाहित भएको छ ।
शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कर्णाली प्रदेश कमिटिको छैटौं सचिवालय बैठकको अवसरमा नेकपा एकीकृत समाजवादी निकट एकीकृत स्वास्थ्यकर्मी संगठनका जिल्ला कमिटि सुर्खेतका अध्यक्ष जंगबहादुर मगराती सहित सिंगो कमिटि महासंघमा समाहित भएको हो । सो अवसरमा केही प्रदेश कमिटिका सदस्य समेत प्रवेश गरेका छन् ।
त्यसरी प्रवेश गर्नेहरुमा एकीकृत स्वास्थ्यकर्मी संगठनका जिल्ला सचिव सुदीप सापकोटा, प्रदेश सदस्य रेविका विक, प्रदेश सदस्य सम्झना मगराती, प्रदेश सदस्य तेजेन्द्र बस्याल, जिल्ला सदस्यहरु डा प्रकाश नेपाली, सपना तिरुवा, तारा बस्नेत, पूर्णिमा सुनार, सुमित्रा सुनार, कल्पना मगराती, रमेश रोकाय, पुनम पौडेल लगायतका छन् । यस्तै चन्द्रबहादुर बयलकोटी र आशाकुमारी नेपाली पनि महासंघमा समाहित भएको बताइएको छ ।
नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटि सदस्य यमलाल कडेँलको उपस्थितिमा स्वागत गरिएको महासघका केन्द्रीय सचिब तथा कर्णाली प्रदेश इन्चार्ज सुशील शाहीले जानकारी दिए ।
महासंघमा प्रवेश गरेका अध्यक्ष मगरातीले कार्यक्रममा अब प्रदेश कमिटि तथा कर्णाली प्रदेशका अन्य जिल्लाका पदाधिकारी तथा सदस्य पनि समाहित हुने तयारीमा रहेको बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

