भक्तपुर अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट बने डा. त्रिभुवन चन्द्र झा

डा. त्रिभुवन चन्द्र झा

काठमाडौँ, ३० भदौ । बागमती प्रदेश सरकारले डा त्रिभुवन चन्द्र झालाई भक्तपुर अस्पतालको प्रमुखको जिम्मेवारी दिएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा झालाई भक्तपुर अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा जिम्मेवारी दिने निर्णय गरको हो । एमडीजीपी डा झा १० औँ तहका चिकित्सक हुन् ।

यसअघि भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुमित्रा गौतम थिईन् ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दरबन्दी भएकी डा गौतम काजमा भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट बनेकी थिईन् । सरकारले गत साउन देखि काज फिर्ता गर्ने निर्णय गरेपछि डा गौतम भक्तपुर अस्पतालको नेतृत्व तहबाट बारिरिएकी हुन् ।

अहिले आएका झा यसअघि सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालमा थिए । त्यसअघि उनी धादिङ अस्पतालमा कार्यरत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “भक्तपुर अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट बने डा. त्रिभुवन चन्द्र झा

Leave a Reply

Your email address will not be published. Required fields are marked *