दश जना महिला चिकित्सकलाई राष्ट्रपतिद्धारा सम्मान

364
Shares

काठमाडौं, २९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको चिकित्सा क्षेत्रमा अतुलनिय योगदान गरेका १० जना महिला चिकित्सकहरुलाई वमन इन मेडिसिन २०२३ बाट सम्मान गरेका छन् ।

नेपाल चिकित्सक संघले शुक्रबार राष्ट्रपति निवास सितल निवासमा आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले ५ जना वरिष्ठ महिला चिकित्सकहरुलाई वमन इन मेडिसिन सम्मान र ५ जनालाई वमन इन मेडिसिन लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो ।

२० वर्ष अनवरत सेवामा लागेको, स्वास्थ्यमा नेतृत्वदायी भूमिका खेलेका, दुर्गममा काम गरेको, प्रतिष्ठित छबि बनाएको, स्वास्थ्य शिक्षा सचेतना अभियानमा सहभागी भएको, स्वास्थ्य क्षेत्र एवं उपचारमा सम्बन्धित विषयमा खोज तथा अनुसन्धान कार्यमा सहभागी भएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका महिला चिकित्सकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.अर्चना अमात्य, प्याथोलोजी क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएकी डा.गीता शाक्य, क्यान्सर स्क्रिनिङबारे जनचेतना फैलाएर योगदान गरेकी डा. मिता सिंह, महिला स्वास्थ्यमा जनचेतना अभियानमा लागेकी जनस्वास्थ्यविद् डा. कोकिला वैद्य र स्त्री रोग विज्ञ डा. प्रमिला प्रधान रहेका छन् ।

यस्तै लाइफ टाइम अचिभमेन्ट पाउनेहरुमा डा. दिव्यश्वरी श्रेष्ठ, डा.लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा.गीता कार्की (राना) रहेका छन् । उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दोसल्ला ओडाएर तथा राष्ट्रपति पौडेलले सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका थिए ।

पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मीको नेतृत्वमा गठन गरिएको ७ सदस्यिय छनौट समितिले सम्मानित हुनेहरुको नाम टुंगो लगाएको थियो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले अध्ययन, आफ्नो पेसामा क्रान्ति नै क्रान्ति गरेर स्वास्थ्य क्षेत्रमा उल्लेखीय भूमिका खेलेको भन्दै सम्मानित महिला डाक्टरहरुको प्रशंसा गर्दै बधाइ दिएका थिए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा योगदान गरेको महिला चिकित्सकहरुको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय गरेकोमा नेपाल चिकित्सक संघको नेतृत्वलाई धन्यवाद दिएका थिए । मन्त्री बस्नेतले चिकित्सा सम्बन्धी वर्तमान ऐन तत्काल परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको बताउदै नभए अवको ५ वर्षपछि जनशक्ति अभाव हुने दावी गरे ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्यल सेवा उल्लेखनीय योगदान पुर्‍याएका महिला डाक्टरहरुलाई सम्मानित गर्न पाउँदा संघको लागिनै गर्वको विषय रहेको बताए । विसं २००७ फागुन २० गते स्थापित संघले ३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएका महिला डाक्टरहरुलाई सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रममा संघका पूर्व अध्यक्षहरु सहित पदाधिकारीहरु र वरिष्ठ चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

 

यस्तै लाइफ टाइम अचिभमेन्ट पाउनेहरुमा डा। दिव्यश्वरी श्रेष्ठ, डा।लता बज्राचार्य, डा। शोभा अर्याल, डा। कस्तुरी मल्ल र डा।गीता कार्की ९राना० रहेका छन् । उनीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दोसल्ला ओडाएर तथा राष्ट्रपति पौडेलले सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका थिए । पूर्व स्वास्थ्य सचिव डा। किरण रेग्मीको नेतृत्वमा गठन गरिएको ७ सदस्यिय छनौट समितिले सम्मानित हुनेहरुको नाम टुंगो लगाएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *