रक्त व्यवस्थापनमा देखिएका समस्याबारे स्वयंसेवी रक्तदाता समाजद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

88
Shares

काठमाडौँ, २८ भदौ ।  व्यक्तिहरुले निशुल्क रुपमा दिने रगत बिरामीलाई उपलव्ध गराउँदा भने व्लड बैंकहरुले निश्चित शुल्क लिने गर्दछ । उसले रगत जम्मा गर्ने थैली, अरु प्रक्रियागत परीक्षण लगायतका कार्यहरुमा लाग्ने खर्चहरुको नाममा बिरामी पक्षसंग ठूलो रकम लिने गरेको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले भने पहिले देखि नै रगत पूर्ण रुपमा निशुल्क हुनु पर्छ भन्दै आएको छ ।

यसै सन्दर्भमा गत आइतबार समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी देशभित्र सञ्चालित रक्त व्यवस्थापनको क्षेत्रमा गरिनुपर्ने सुधारका पक्षहरू र हालसम्म सम्बोधन हुन नसकेका पक्षका विषयमा ध्यानाकर्षण गराएको छ । उक्त अवसरमा समाजले प्रधानमन्त्रीलाई १२ बुँदे ज्ञापनपत्र समेत बुझाएको छ ।

‘मुलत: रगत व्यवस्थापनमा देखिएको समस्या र सरकारले गर्नु पर्ने प्रयासका बारेमा हामीले प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराएका हौँ, उहाँले हाम्रा कुराहरुलाई सम्वोधन गरिने आश्वासन दिनु भएको छ,’ कर्माचार्यले भने ।

ज्ञापन पत्र बुझाउन समाजका महासचिव कृष्ण चौहान क्षेत्री, केन्द्रीय सदस्यद्वय प्रवाशकुमार शाक्य, सुशील घर्ती, ललितपुर जिल्ला शाखा अध्यक्ष नवीन महर्जन र स्टार्ट १८ स्टार्ट टीमका राष्ट्रिय संयोजक परभस जः आचाजु को टोली सहभागी थियो ।

यस्तो छ ज्ञापनपत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *