चिकित्सा शिक्षा आयोगका नव नियुक्त उपाध्यक्ष प्राडा झाद्धारा पदवहाली

228
Shares

काठमाडौँ, २६ भदौ । चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा अन्जनी कुमार झाले आज पदबहाली गरेका छन् । आयोगका सहअध्यक्ष शिक्षामन्त्री अशोक राईको हातबाट पत्र बुझे लगत्तै उनले आयोगको कार्यलयम सानो ठिमी भक्तपुर पुगेर पदबहाली गरेका हुन्।

गत २१ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको थियो।

पदबहाली लगत्तै डा झाले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने जानकारी दिए। उनले चिकित्सा शिक्षामा गुणस्तरीयता कायम गर्दै यस क्षेत्रको विकासमा लाग्ने बताए।

‘अहिले देखिएका समस्याहरुको समाधान गर्दै यस क्षेत्रको विकासमा लाग्ने छु,’ उनले भने, यस क्षेत्रमा काम गर्न निकै चुनौतीहरु छन्। तर चुनौतीलाई अवसरका रुपमा लिएर समस्याहरु समाधान गर्दै जाने छु।’

आयोग उपाध्यक्षको रुपमा आफ्नो चार वर्षे कार्यकाल पुरा गरी प्राडा श्रीकृष्ण गिरी हिजो मात्रै विदाई भएका थिए । गिरी बाहिरिएको अर्को दिन नै प्राडा झाले उपाध्यक्षको जिम्मेवारी सम्हालेका हुन्

प्राडा झा यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी अध्यक्ष थिए । क्यान्सर रोग विशेषज्ञ रहेका उनी नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष समेत हुन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *