केन्द्रीय कारागार अस्पतालमा स्पाइनल हेल्थ सम्वन्धी कार्यशाला सम्पन्न

180
Shares

काठमाडौँ, २५ भदौ ।  राष्ट्रिय फिजियोथेरापी दिवसको अवसरमा केन्द्रीय कारागार अस्पतालले काभ्रेस्थित स्पाइनल ईन्जुरी पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा एक दिने स्पाईनल हेल्थ सम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न गरेको छ ।

केन्द्रीय कारागार अस्पतालको सभाहलमा केन्द्रीय कारागार अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारी साथै केन्द्रीय सुधार गृह , भद्र सुधार गृह तथा महिला सुधार गृहका अस्पतालका नाइकेहरु, कैदीबन्दी लगाएत ७० जनाभन्दा बढीको सहभागिता थियो ।

केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकीद्धारा समुदघाटन गरिएको उक्त कार्यशालामा केन्द्रका निर्देशक डा. राजु ढकालको टिमले अभिमुखीकरण , प्रयोगअभ्यास, खतराका चिन्हहरु तथा रोकथामका उपायहरुका बारेमा प्रस्तूतीकरण गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *