गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा

96
Shares

काठमाडौँ, २४ भदौ । राजधानीको गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा आएको छ । नगरपालिकाको वडा नम्बर ५ जोरपाटीमा आवरण स्किन क्लिनिकको सहकार्यमा एसएनएच (स्कीन, न्यूट्रिशन एण्ड हेल्थ) फार्मेसियाको दोस्रो आउटलेट संचालनमा आएको हो ।

छाला तथा कपालसम्बन्धी समस्या भएका जो कोहीले फार्मेसीबाट अन्तर्राष्ट्रिय स्तरको सेवा लिन सक्नेछन् । फार्मेसीमा विज्ञहरूबाट निशुल्क काउन्सिलिङ हुनेछ भने आवश्यकता अनुसार ५० प्रतिशत छुटमा अनलाइन मार्फत् आवरणका विज्ञहरूसँग परामर्श पनि लिन सकिनेछ ।

साथै अन्र्तराष्ट्रिय स्तरका गुणस्तरीय औषधीहरूको नेपालभरी अनलाइन डेलिभरीको व्यवस्था पनि क्लिनिकमा उपलब्ध रहेको छ ।

राजधानीको समग्र पूर्वी क्षेत्रमा छाला रोग सम्बन्धी औषधीहरूको सहज उपलब्धता तथा आवश्यक जनचेतना जगाउनु फार्मेसीको उद्देश्य रहेको छ । एसएनएचको पहिलो आउटलेट दरबारमार्गमा आवरण स्किनको सहकार्यमा सन् २०१६ देखि संचालित छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *