फार्मेसी लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्रै उत्तीर्ण

320
Shares

काठमाडौँ, २४ भदौ । नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको नाम दर्ता (लाइसेन्स) परीक्षामा २३ दशमलव ९८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। परिषद्ले शनिबार लिएको परीक्षामा ७६ प्रतिशतभन्दा बढी विद्यार्थी फेल भएका हुन्।

परिषद्का रजिष्ट्रार सञ्जिव पाण्डेका अनुसार परीक्षामा ८६७ जनाले आवेदन दिएका थिए। जसमध्ये ८३४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये २०० जना मात्र उत्तीर्ण भएका हुन्।

‘परीक्षामा निकै कम परीक्षार्थी उत्तीर्ण हुनु भएको छ,’ उनले भने।

परिषदले अर्को साता डि फार्मासिष्टको परीक्षा लिने भएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *