नेपाल औषधि व्यवसायी संघको अध्यक्ष पदमा प्रकाशकुमार खण्डेलवाल बिजयी
बरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल र महासचिव पदमा श्रीधर खनाल बिजयी

काठमाडौँ, २३ भदौ । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्ष पदमा प्रकाशकुमार खण्डेलवाल बिजयी भएका छन् । आज भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिस्पधी लोकहरि श्रेष्ठलाई १७ मतले पछि पार्दै खण्डेलवाल बिजयी भएका हुन् ।
आज दिउसो १ बजे देखि अपरान्ह ५ बजेसम्म सम्पन्न निर्वाचनमा १९५ जनाले मतदान गरेका थिए । खण्डेलवालले १०४ मत पाउँदा श्रेष्ठले ८७ मत मात्रै पाए ।
यस्तै बरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल १४१ मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै तीन उपाध्यक्षमध्ये थोक तर्फ टंकप्रसाद अधिकारी १३३ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ५६ मत मात्रै प्राप्त गरे ।
यस्तै खुद्रा उपाध्यक्ष तर्फ यमनाथ पौडेलले १०७ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी हरिप्रसाद बिडारीले ८१ मत मात्रै प्राप्त गरे । यस्तै आयात तर्फ उपाध्यक्षमा रामचन्द्र शर्मा १११ मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी शेखर श्रेष्ठले ७३ मत मात्रै प्राप्त गरे ।
महासचिव पदमा श्रीधर खनाल ९७ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रशान्त मानन्धरको भने ९० मत मात्रै आयो ।
कोषाध्यक्षमा सम्राट जोशी ९८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी राजेशकुमार प्रधानले ८९ भोट ल्याएर उपविजेतामै खुम्चिए ।
सचिव पदमा कृष्णबहादुर रोकायले १०७ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रृजन भट्टराईले ८३ मत मात्रै प्राप्त गरे ।
संघको ५० औँ स्थापना दिवसका साथ स्वर्ण महोत्सव मनाएको एनसीडीएले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छान्न हिजो देखि वीरगञ्जमा १४ औँ राष्ट्रिय अधिवेशनको आयोजना गरेको थियो ।
हिजो उद्घाटन तथा बन्द सत्र सकेको एनसीडीएले आज नयाँ कार्यसमिति छनौट गर्न निर्वाचन गरेको थियो । सोही निर्वाचनबाट खण्डेलवाल बिजयी भएका हुन् । उनी यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

