नयाँ कार्यसमिति छनौट गर्न नेपाल औषधि व्यवसायी संघको निर्वाचन हुँदै

292
Shares

काठमाडौँ, २३ भदौ ।  हिजो देखि वीरगञ्जमा सुरु भएको नेपाल औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय अधिवेशन आज नयाँ नेतृत्व छान्ने प्रक्रियामा अघि बढेको छ । २१ सदस्यीय नयाँ कार्यसमिति छनौट गर्न दिउसो १ बजे देखि बेलुका ५ बजे निर्वाचन हुँदैछ ।

यसपटक निर्वाचनमा व्यवसायीहरु प्रकाशकुमार खण्डेलवाल र लोकहरि श्रेष्ठले अध्यक्षमा उम्मेद्धारी दिएका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा निरञ्जनप्रसाद रिसाल र रामप्रसाद खरेलको उमेद्धारी परेको छ ।

विभिन्न क्लष्टरबाट तीन उपाध्यक्ष रहने यो संस्थामा थोक तर्फबाट टंकप्रसाद अधिकारी र प्रकाश श्रेष्ठ, खुद्राबाट हरिप्रसाद बिडारी र यमनाथ पौडेल तथा आयात तर्फ रामचन्द्र शर्मा र शेखर श्रेष्ठको उम्मेद्धारी परेको छ ।

महासचिव पदमा श्रीधर खनाल र प्रशान्त मानन्धरले उम्मेद्धारी दिएका छन् । यस्तै कोषाध्यक्षमा सम्राटमान जोशी र राजेश श्रेष्ठको उपम्मेद्धारी परेको छ ।

सचिव पदमा सृजन भट्टराई र कृष्ण रोकायको उम्मेद्धारी परेको छ । उपकोषाध्यक्ष पदमा कविराज कँडेलको मात्रै उम्मेद्धारी परेकोल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

यस्तै सदस्यहरुमा पनि थोक तर्फ गौतम गुप्ता र दया कुस्मी निर्विरोध भइसकेका छन् । खुद्रा सदस्य पदमा प्रदीपकुमार दास र पृथ्वीबहादुर बमको उम्मेद्धारी परेको छ ।

खुल्ला सदस्यहरुमा कञ्चन शर्मा, भुवनेश्वर बुढा मगर, बद्रीप्रसाद खनाल, दिलेन्द्रप्रसाद मिश्र, सरलाकुमारी विष्ट, मुकुन्दकृष्ण श्रेष्ठ, अविनाशकुमार पाण्डेको उम्मेद्धारी परेको छ ।

निर्वाचनका लागि २०५ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *