दुई अस्पतालका कर्मचारीलाई निजामती सेवा पुरस्कार

644
Shares

काठमाडौँ, २२ भदौ । यसवर्षको निजामती सेवा पुरस्कारबाट स्वास्थ्य संस्थामा कार्यरत दुई जना कर्मचारी पुरस्कृत भएका छन् ।

यसरी पुरस्कृत हुनेमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासक डा रोशनी लक्ष्मी तुईतुई र भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत जवाहर लाल अहिर रहेका छन् ।

यो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

सरकारले निजामती सेवा दिवस २०८० को अवसरमा यसवर्ष उत्कृष्ठ निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना गरी कुल ४० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्बोत्कृष्ठ निजामती सेवा पुरस्कार भने यसवर्ष कसैलाई दिइएको छैन।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *