नेपालमा डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो

120
Shares

काठमाडौँ, १९ भदौ ।  पछिल्लो समय देशका ७५ वटा जिल्लामा डेंगी संक्रमितको सङ्ख्या बढ्दै गएको छ । नेपालमा डेंगी संक्रमितको संख्या २३ हजार नाघेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार गएको आठ महिनाको अवधिमा २३ हजार १२७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै  कोसी प्रदेशमा १७ हजार ५३० जना संक्रमित भएका छन् ।

त्यस्तै, वाग्मतीमा ३ हजार २७७, मधेसमा ५१९, गण्डकीमा ६८३, लुम्बिनीमा ३९०, कर्णालीमा ४८ र सुदूरपश्चिम प्रदेशमा ६८० जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा ७९९ जना संक्रमित भएका छन् । डेंगी संक्रमणबाट हालसम्म १४ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।

नेपालमा डेंगी सङ्क्रमण सन् २००१ बाट फैलन सुरु गरेको हो। सोही समयदेखि डेंगी महामारीको रूप फैलने गरेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *