जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एक महिलाको मृत्यु

काठमाडौँ, १९ भदौ । लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको मृत्यु भएको छ। नवलपुरको देवचुली– १७ निवासी ६६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
नवलपुरमा यस आर्थिक वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र एकजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएके छ ।
जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर (जस्तै सुँगुर वा जलपक्षी)लाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ। क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।
सन् १९७८ मा रूपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



