सैनिक अस्पताल छाउनीमा उपप्रधानमन्त्री खड्काको शल्यक्रिया

काठमाडौँ, १४ भदौ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको वीरेन्द्र (सैनिक) अस्पताल छाउनीमा प्रोस्टेटको शल्यक्रिया भएको छ । प्रोस्टेटको समस्या बढदै जाँदा उनी बुधबार सो अस्पतालमा भर्ना भएका थिए ।
उहाँको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सो अस्पतालका चिकित्सक एवं सहायक रथी डा. भरतबहादुर भण्डारीले जानकारी दिए । स्वास्थ्य सुधारोन्मुख भएपछि मन्त्री खड्कालाई वार्डमा सारिएको समेत बताए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । सो अवसरमा उनले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




