डेंगु संक्रमितको संख्या २० हजार नाघ्यो

96
Shares

काठमाडौँ, १३ भदौ ।  नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका अनुसार नेपालमा गत जनवरीयता अगस्ट २५ सम्म अर्थात पछिल्लो आठ महिनाको अवधिमा २० हजार १४५ जनामा पुष्टि भएको छ।

डेंगु सङ्क्रमण देशका ७५ जिल्लामा फैलिएको छ । अहिलेसम्म १३ जना सङ्क्रमितको मृत्यु भएको महाशाखाले जनाएको छ ।

नेपालमा डेंगु सङ्क्रमण सन् २००१ बाट फैलन सुरु गरेको हो। सोही समयदेखि डेंगु महामारीको रूप फैलने गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *