डेंगु संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

84
Shares


कञ्चनपुर, १२ भदौ । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ ।

बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो। एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेको थियो ।

भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताए। डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *