डेंगु संक्रमितको संख्या १९ हजार नाघ्यो

124
Shares
Dengu

काठमाडौँ, १० भदौ । पछिल्लो केही महिनायता देशभर डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । नेपालमा गत जनवरीयता अगस्ट २५ सम्म अर्थात पछिल्लो आठ महिनाको अवधिमा १९ हजार २७० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार पछिल्लो आठ महिनाको अवधिमा १९ हजार २७० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १३ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै कोसी प्रदेशमा १४ हजार ३६९ जना संक्रमित भएका छन् । कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या १५० भन्दा माथि छ ।

त्यस्तै, वाग्मती प्रदेशमा २ हजार ९९९ जना संक्रमित भएका छन् । मधेसमा १८४, गण्डकीमा ६३५, लुम्बिनीमा ३४५, कर्णालीमा ४१ र सुदूरपश्चिम प्रदेशमा ५४० जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

वाग्मती प्रदेशको काठमाडौँ उपत्यकाका तीन जिल्ला र धादिङमा डेंगु संक्रमण निरन्तर बढिरहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा ६९६ जना संक्रमित रहेका छन् । धादिङ जिल्लामा डेंगु संक्रमितको संख्या २ हजार ५ पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *