१६ औँ पुस्तकालय दिवसको अवसरमा भृकुटीमण्डपमा रक्तदान कार्यक्रम

काठमाडौँ, १०भदौ । आगामी १५ भदौमा मनाउन लागिएको १६ औं पुस्तकालय दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
शैक्षिक तथा सामाजिक क्रियाकलाप उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् ।
प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयका अनुसार उक्त कार्यक्रममा पुस्तकालयकर्मी, सरकारी कर्मचारी, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
गत २२ साउनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा सोह्रौं पुस्तकालय दिवस, २०८० मनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको थियो ।
१६ औं पुस्तकालय दिवसको अवसरमा देशभरका पुस्तकालयले विभिन्न कार्यक्रम गरेर पुस्तकालय दिवस मनाइरहेका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

