डेंगुबाट संक्रमित हुनेको संख्या १३ हजार नाघ्यो, १० जनाको मृत्यु

120
Shares

काठमाडौँ, ३० साउन । देशभर डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो आठ महिनाको अवधिमा देशभर डेंगु संक्रमितको संख्या १३ हजार नाघेको छ।

ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म डेंगु संक्रमितको संख्या १३ हजार २९२ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुनसरी जिल्लाका रहेका छन्। महाशाखाका अनुसार हालसम्म डेंगी सङ्क्रमण ७४ जिल्लामा फैलिसकेको छ ।

महाशाखाका अनुसार सुनसरी जिल्लामा ७ हजार ८९ जना डेंगुबाट सङ्क्रमित भएका छन्। मोरङमा १ हजार ५९१, धादिङमा १ हजार २०२, झापामा ८९६, कास्कीमा २४७, धनकुटामा २३६, काठमाडौँमा १९६, दार्चुलामा १९४, सङ्खुवासभामा १५६ तथा चितवनमा ९० जनामा डेगु सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

त्यस्तै डेंगु संक्रमणबाट हालसम्म १० जनाले ज्यान गुमाएका छन् ।

डेंगुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट सङ्क्रमित भएका छन् ।

यस्तै बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७, लुम्बिनीमा दुई सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगुको सङ्क्रमण देखिएको महाखाले जनाएको छ ।

सरकारले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *