केन्द्रमा कलेजो प्रत्यारोपण गराएका बिरामी १२ औँ दिनमा डिस्चार्ज

212
Shares

भक्तपुर, २७ जेठ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो पटक कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा शुक्रबार डिस्चार्ज भएका छन् । उनी प्रत्यारोपण सम्पन्न भएको १२ दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

दाङका ४२ वर्षीय बाबुरामको गत १४ जेठमा कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै श्रीमती ३७ वर्षीया आशा सुनारले कलेजो दान गरेकी थिईन् ।

केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको यो एघारौँ केश हो ।

केन्द्रका निर्देशक एवं प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठले अंगदाता र अंग ग्रहण कर्ताको स्वास्थ्यमा छिटो सुधार आएपछि छिटै डिस्चार्ज हुन सफल भएको बताए । उनले केन्द्रमा कलेजो प्रत्यारोपण गरेका बिरामीमध्ये सबैभन्दा छिटो डिस्चार्ज हुन सफल केश भनेर समेत टिप्पणी गरे ।

डिस्चार्ज हुने क्रममा कलेजो ग्रहण कर्ता बाबुराम र कलेजो दान गरेकी आशाले नेपालमा यो खालको सुविधा प्राप्त ज्यान बचाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । आशाले आफूले पूर्ण स्वस्थ्य लाभ गरे पछि सम्पूर्ण अंगहरु मृत्यु पश्चात दान दिने इच्छा समेत व्यक्त गरिन ।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युवाट हुने मिर्गौलाा तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको केन्द्रले स्थापनाको छोटो अवधिमै अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हासिल गरेको छ ।

डा श्रेष्ठले अंग दान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको धेरै प्रत्यारोपण गर्ने मध्ये एकको स्थान लिँदै ९९ प्रतिशन भन्दा वढी सफलताका साथ मिर्गौला प्रत्यारोपण भई रहेको छ बताए । उनले केन्द्रमा १० वर्षको अवधिमा १०७० जनाको मिर्गौला प्रत्यारोपण समेत जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *