पछिल्लो चौबिस घण्टामा भेटिएनन् कोरोना संक्रमित

काठमाडौँ, २१ जेठ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । सोही अवधीमा १ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ७६० जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो।

त्यस्तै, देशभर १७ जना सक्रिय संक्रमित रहेका छन् । आज ८ हजार ४८९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *