राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ बागमती प्रदेशको अध्यक्षतामा गिरिराज चन्द निर्वाचित

काठमाडौँ, २० जेठ । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संस्था राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ बागमती प्रदेशको अध्यक्षतामा गिरिराज चन्द निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न संघको दोस्रो अधिवेशनले चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति छनौट गरेको हो । यद्धपी चार जना सदस्य पछि मनोनित हुने गरी शनिबार ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरिएको छ ।

निर्वाचन मण्डलका अनुसार संघको शनिबारको अधिवेशनले उपाध्यक्षमा ध्रुबचन्द जोशी र उपाध्यक्षमा रश्मी केसीलाई निर्वाचित गरेको छ । यस्तै सचिवमा राजु चन्द, उपसचिवमा देवकी थापा, अर्को उपसचिवमा सम्झौँता शर्मा र कोषाध्यक्षमा हरिशरण नेपाल निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा आवास रेग्मी, सविना शर्मा, माधव सिंह धामी र मेलिसा श्रेष्ठ निर्वाचित भएका छन् । बाँकी चार सदस्यहरु पछि मनोनित गरिने बताइएको छ ।

यसअघि संघको अध्यक्ष रोशन खड्का थिए ।

नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुने बताइएको छ ।

संघको अधिवेशन उद्घाटन नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई उपस्थित भएका थिए । उनले सरकारले नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई वेवास्ता गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *