केएमसी अस्पताल सिनामंगलले सञ्चालनमा ल्यायो ‘थ्री टेस्ला एमआरआई’

काठमाडौँ, १८ जेठ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी अस्पताल) ले आजबाट एमआरआई सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले जर्मनमा बनेको सीमेन्स कम्पनीको उत्पादन थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिन जडान गरी आजबाट सेवा सञ्चालमा लाएको हो ।

अस्पतालका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए ।

‘रोगको अवस्था तथा रोग पहिचानकै लागि पनि एमआईआई एमआरआई सेवा जरुरी छ । हामीले यो हाम्रा बिरामीका लागि यो सेवाका लागि बाहिर जानुस भन्नु पर्ने थियो । अब भने सजिलो हुने भयो । आजबाट हामी कहाँ नै यो मेसिन जडान भई सेवा सञ्चालनमा आएको छ,’ प्राडा श्रेष्ठले भने ।

त्यसो त केएमसीमा यसअघि नै सिटिस्क्यान मेसिन सञ्चालनमा आएको थियो । यस्तै मुटुको उपचारका लागि प्रयोग हुने वाईप्लेन क्याथ ल्याव सेवा पनि सञ्चालनमा ल्याइसकेको छ ।

‘हामीले छ महिना अघि देखि नै सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएका हौँ । यस्तै मुटुको उपचारका लागि प्रयोग हुने बाइप्लेन क्याथ ल्याव पनि सञ्चालनमा ल्याएका छौँ । यसले बिरामीहरुलाई थप परीक्षण तथा उपचारका लागि भन्दै अन्यत्र धाईरहनु पर्नेछैन् । त्यसैले यो हामीसबैका राम्रो कुरा हो’ प्राडा श्रेष्ठले भने ।

त्यसो त केएमसीले गत १५ माघ देखि मिर्गौला प्रत्यरोपण सेवा समेत प्रारम्भ गरेको छ । अब कलेजो प्रत्यारोपणको समेत तयारी भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *