क्यान्सर सचेतना अभियानका लागि डा. अरुण शाही बने सदभावना दूत

नेपालमा सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने परियोजना अघि बढ्यो


काठमाडौँ, १६ जेठ । पाटन अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई एनआरएनए नन् रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराट्रिय समन्वय समिति क्यालिफोर्नियाले क्यान्सर सचेतना अभियानका लागि सदभावना दूत (ब्राण्ड एम्बेसडर)मा नियुक्त गरेको छ ।

हाल अमेरिका भ्रमणमा रहेका डा शाहीलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रीय समन्वय समितिको सचिवालयले सदभावना दूतमा नियुक्त गरेको हो ।

सोमबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनीले डा शाहीलाई क्यान्सर सचेतना अभियानका लागि सदभावना दूत नियुक्त गरेका हुन्। सो अवसरमा उनलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा बोल्दै एसोसिएसनका अध्यक्ष मरासिनीले नेपालमा बसेर डा शाहीले क्यान्सर रोगको उपचार तथा रोकथामका लागि गरेको कार्यको सम्मान गरेको बताए । उनले विश्वमा द्रुत गतिमा बढिरहेको क्यान्सर रोग निवारणको लागि गरिने अनुसन्धान, रोकथाम ,उपचारका लागि एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सदैव सहयोग सदभाव रहने प्रतिबधता व्यक्त गरे।

एशोसिएसनका महासचिव दिपेश लामाले आफ्नो छोरी लाई क्यान्सर रोग लागी अमेरिकामा उपचार गर्दाको अनुभव सेयर गर्दै नेपालमै आधुनिक स्थर क्यान्सर अस्पताल खोल्न अत्यन्त आवश्यक रहेको बताए । उनले त्यसको नेतृत्व लिन डा. शाहीलाई आग्रह गरे।

सम्मान तथा नयाँ जिम्मेवारी पछि बोल्दै डा. शाहीले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिले गरेको सम्मानलाई आफुले क्यान्सर उत्थान रोकथामा उपचारका क्षेत्रमा गरेको कामको इनामको रुपमा लिएको र यस्ले क्यान्सरको क्षेत्रमा अझै राम्रो काम गर्न हौसला प्रदान गरेको बताए ।

उनले आगामी दिनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले गरेका काम विश्व सामु चिनाउन आफू सदैव लागिपर्ने बताए। उनले भने, ‘मलाई सद्भावना दूत नियुक्त गरेर थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्वसामु चिनाउन हरपल लाग्ने छु।’

एशोसिएसनले नेपालमा सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने
यसैबीच एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्य समितिले नेपालमा सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने परियोजना अघि बढाएको छ । केही वर्ष भित्र पुरा हुने भनिएको सो परियोजनाको नेतृत्व डा शाहीले लिने छन् ।

सोमबार क्यालिफोर्नियामा आयोजित कार्यक्रममा प्रथम पक्षको रुपमा एसोसिएसनका तर्फबाट महासचिव लामा र दोस्रो पक्षको रुपमा डा शाहीले सो परियोजना अघि बढाउने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा विभिन्न जिल्लामा गएर क्यान्सर रोगविरुद्धको निशुल्क स्वास्थ्य शिविर गर्ने, सचेतनाका अभियान सञ्चालन गर्ने लगायतका विषय समेत समेटिएका छन् ।

यस्तै एशोसिएसनले केहि महिना भित्र बर्दियाको राजापुर नगरपालिकामा ९ वर्ष देखि १५ वर्ष उमेर सम्मका सरकारी विद्यालयमा अध्यनरत १०० जना बालिका हरुलाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँने एचपीभी खोप उपलब्ध गराउने भएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *