आगामी १ बैशाख देखि प्लास्टिकमा प्याक गरेको सुर्ती तथा गुड्खा बिक्री गर्न नपाईने
काठमाडौँ, १५ जेठ । सरकारले आगामी बैशाख १ गते देखि लागू हुने गरी सुर्ती तथा गुड्खा जन्य बस्तुको प्याकिङ कागजमा गर्नु पर्ने नियम ल्याएको छ । अहिलेसम्म सुर्ती तथा गुड्खाको प्याकिङ प्लास्टिकमा हुने गरेको छ ।
अर्थ मन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट कार्यक्रम संसदमा प्रस्तुत गर्ने क्रममा सुर्ती तथा गुड्खाको खोलले बातावरणमा प्रदुषण बढाएको भन्दै अब देखि सडेर जाने जैविक बस्तुमा प्याकिङगर्ने व्यवस्था मिलाउनु पर्ने बताए । उनले यो नियम आगामी २०८१ साल १ बैशाख देखि लागू हुने बताए ।
बातावरण प्रदुषण गर्नेमा सुर्ती तथा गुड्खाको खोल प्रमुख मानिने गरेको छ ।
छिमेकी देश भारत लगायतका विश्वका विभिन्न शहरमा यस्ता पदार्थको प्रयोगलाई नै प्रतिवन्ध लगाइएको छ ।
नेपालमै पनि लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भित्र गुड्खा जन्य पदार्थको प्रयोग तथा विक्रि वितरणमा प्रतिवन्ध लगाएको छ ।