गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैलेखको राकममा १०० बेडको स्याटेलाइट अस्पताल स्थापना गर्ने

काठमाडौँ, १५ जेठ । सरकारले कैलालीस्थित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने भएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन्।

उक्त प्रतिष्ठानमा १०० शय्याको अस्पताल यही वर्षदेखि सञ्चालनमा ल्याइने बताइएको छ। उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरेका थिए।

अर्थमन्त्री महतले डडेलधुरामा मेडिकल कलेज बनाउन बजेट विनियोजन गरिएको बताए। यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटेलाइट अस्पतालको रुपमा सेवा दिने गरी दैलेखको राकममा १०० शय्याको स्याटेलाइट अस्पताल स्थापना गर्ने समेत बताए । उनले त्यसका लागि आवश्यक रकमको व्यवस्था गरिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *