मिस नेपाल २०२३ प्रतियोगिता

बीडीएस अन्तिम बर्षकी विद्यार्थी ग्रिष्मालाई ‘मिस ग्ल्यामर’को उपाधी

काठमाडौँ, १४ जेठ । मिस नेपाल वर्ल्ड २०२३ शनिबार सम्पन्न भएको छ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको ुमिस नेपाल वर्ल्ड २०२३’ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी हुन् ।

यसपटक मिस नेपालको प्रतिस्पर्धामा दुई जना बीडीएसका विद्यार्थी र एक जना नर्सले भाग लिएका थिए । ती मध्ये एक जनाले एउटा टाइटल जितेकी छन् ।

बीडीएस अन्तिम वर्षकी विद्यार्थी ग्रिष्मा अधिकारीले ‘मिस ग्लामर’को उपाधी जितेकी हुन् । धादिङ घर भएकी उनी किष्ट मेडिकल कलेजमा बीडीएस अध्ययन्रत विद्यार्थी हुन् । आजको अन्तिम प्रतिष्पर्धामा उनी अन्तिम पाँचमा समेत छानिएकी थिईन् ।

प्रतियोगितामा डेन्टल डाक्टर समेत बनिसकेकी कीर्ति बर्तौला र नर्स सदीक्षा थापाले भने कुनै टाइटल जित्न सकेनन् । हेटौडाँ स्थायी निवासी डा बर्तौला बीडीएस अध्ययन पुरा गरेकी डाक्टर हुन् । नर्स थापाले भने व्याचलरमा साइक्याट्रिक नर्सिङ अध्ययन् गरेकी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *