डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै, बच्ने उपायबारे छलफल

बिराटनगर, १३ जेठ । डिजिटल माध्यामहरुको बढ्दो प्रयोगले आँखामा मायोपिक हुने जोखिम बढ्दै गएको विज्ञहरुले बताएका छन् । उनीहरुले यस विरुद्ध सचेतना बढाउन आवश्यक रहेको औल्याएका छन् ।

नेपाल नेत्रज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीमा सहभागिहरुले डिजिटल युगमा प्रवेश गरेको हाम्रो जीवनशैलीले आँखामा समस्या पारिरहेको बताए । उनीहरुले समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिए ।

विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्याशाला गोष्ठीमा सहभागीहरुले समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिए ।

आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधा जति जनसंख्या मायोपिक हुनसक्ने अनुमान गरेको छ ।

पहिले देखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने बिज्ञहरु बताउछन् ।

मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

यसैबीच २२ देखि २६ मेलाई विश्व मायोपिया सचेतना सप्ताहको रुपमा संसारभर मनाइएको छ । यहि अवसर पारेर नेपाल नेत्र ज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालले एक दिने मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीको आयोजना गरेको थियो । जसमा कोशी प्रदेश तथा मधेश प्रदेश का नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा नेत्र सहायकहरु गरि करीब २ सय जना सहभागी भएका थिए ।

सूचना प्रविधिको विकास संगै आम मानिसले आफनो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घण्टौं सम्म मोबाईल, ल्यापटप, टि।भि जस्ता डिजिटल माध्यामहरुमा समय व्यतित गर्ने परिस्थिति सिर्जना भएको छ । जसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हुदै गईरहेको छ ।

यसरी लामो अवधिसम्म घर वाहिरको वातावरणमा कार्य नगर्दा आँखामा हुने एउटा जोखिमको रुपमा मायोपिया देखा परेको छ । मायोपिया भएको व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । मायोपिया भएमा टाढाको वस्तु हेर्दा आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भईरहेको हुन्छ ।

मायोपियाबाट वच्न वच्चाहरुलाई मोबाईलको प्रयोग वाट जोगाउने, दैनिक कम्तिमा २ घण्टा वाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय समयमा नियमितरुपमा आँखा जाँच गराउनु पर्ने बताउछन् विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारी ।

कार्यशाला गोष्ठीमा एल.भी. प्रसाद आई ईन्सिटच्युट, हैदराबाद भारतका डा. पवन भेर्किचर्ला र स्वपनिल ठाकुर तथा विराटनगर आँखा अस्पतालबाट डा. पवन श्रेष्ठ तथा पंकज राय अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *