यस्ता छन् न्याम्सको सुधारका लागि भन्दै निमित्त उपकुलपति प्राडा बस्नेतले अघि सारेका योजना

काठमाडौँ,१२ जेठ । हुन त सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति छनौट गरिसकेको छैन । स्वास्थ्य मन्त्री समेत रहेका प्रतिष्ठानका सहकुलपति मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै प्राडा भुपेन्द्रकुमार बस्नेतलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिए ।

गत ३ जेठमा नियुक्ती पत्र पाएका प्राडा बस्नेतले जिम्मेवारी सम्हालेको एक साता पछि गत १० जेठमा पत्रकार सम्मेलन गरी आफ्ना योजना सुनाए । उनले सुनाएका योजनाहरुमा प्रतिष्ठानको शैक्षिक, भौतिक देखि उपचारात्मक सेवामा सुधार गर्ने भनिएको छ ।

के छन् त उनका योजनामा ?

  • मेरो पहिलो योजना अलपत्र जस्तै अवस्थामा रहेको न्याम्सको दुवाकोट प्रोजेक्टलाई अघि बढाउने हो । त्यहाँको भौतिक संरचनाको कामलाई तिब्र गतिमा अघि बढाएर, त्यहाँ अस्पताल, एकेडेमिक इन्स्टिच्युट र रेजिडेन्सी गरी तीनवटा परियोजना अघि ढाउने छ । दुवाकोट परियोजना अघि बढाएपछि त्यहाँ न्याम्सको एपेक्स युनिभर्सिटी बस्छ भन्ने हो ।
  • अहिले न्याम्सको कार्यक्रम वीर अस्पताल प्रसुति अस्पताल, कान्ति अस्पताल लगायत अरु केही अस्पतालहरुमा मात्रै छ । अब यो यतिमा सिमिति गर्ने होईन । यहाँको कार्यक्रम अब नेपालभरीको संघीय अस्पतालमा लैजाने हो । त्यसरी कार्यक्रम लैजाँदा त्यहाँ स्थानीय जनताले पनि सेवा पाउँछन् । हाम्रो पीजी सीट पनि बढ्ने भयो । सीटको अभावमा एमबीबीएस गरेर पनि पीजी पढ्न नपाएका डाक्टरहरुलाई पनि फाइदा हुने भयो । अनि काठमाडौँको वीर अस्पतालहरुमा ती अस्पतालहरुबाट रिफरल केस मात्रै पठाउने । यसले सेवालाई थप चुस्तता बनाउँछ ।
  • न्याम्समा इन्टरनेशनल एफियर सेक्सन राखेर विभिन्न अन्तराष्ट्यिर ख्यातिप्राप्त विश्वविद्यालयसंग सम्वन्ध राखेर एक्सचेन्ज कार्यक्रम सूरु गर्ने । हाम्रा रेजिडेन्ट तथा फ्याकल्टीलाई उता पठाउने र उताकालाई यहाँ ल्याउने कार्यक्रम सञ्चालन गर्ने । फ्याकल्टी र रेजिडेन्ट प्रोग्राम गरेर क्वालिटीलाई सुधार गर्ने ।
  • नयाँ सर्जिकल भवन पछि वीर अस्पतालमा भौतिक सुधार भएको देखिएको छ । सर्जरीका लागि ओटी, आईसीयू लगायतका सुविधा थपिएका छन् । तर कर्मचारीको समस्या छन् । न्याम्स, वीर र नेपाल सरकारका कर्मचारीबीच धेरै समस्या छन् । त्यसलाई हल गर्ने काम अघि बढाउनेमा पनि मेरो योजना छ ।
  •  नेपाल सरकारको ऐन नीतिमा रहेर न्याम्समा नयाँ नयाँ अरु विशिष्टीकृत कार्यक्रम पनि ल्याउने । अहिले भएका एमडीएमएस डीएम एमसीएच भन्दा पनि अरु पनि कार्यक्रम ल्याउने । प्राविधिक टाइपका नयाँ कार्यक्रम पनि सुरु गर्ने ।
  • छाता ऐनको काम सरकारले पनि गरिरहेको छ । हामी दुवाकोट पुग्दासम्म छाता ऐन अन्तरगर्त न्याम्सलाई एपेक्स युनिभर्सिटी बन्ने गरी नेपालभरीका मेडिकल इन्स्टिच्युटको एपेक्स बढी बन्नेगरी लविङ गर्ने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *