थप १० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ११ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ५८० जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर ४१ सक्रिय संक्रमितको संख्या रहेको छ ।