अमेरिकी उच्च अधिकारीद्धारा तिलगंगा आँखा प्रतिष्ठानको अवलोकन भ्रमण

काठमाडौँ, १० जेठ ।  नेपालस्थित अमेरिकी दुतावासका मिसन उपप्रमुख जेसन मिक्स र युएसएड नेपालका डेपुटी मिसन निर्देशक करेन वेल्चले नेपाल आँखा कार्यक्रम सञ्चालन गरिरहेको तिलगंगा आँखा प्रतिष्ठानको अवलोकन गरेका छन् ।

सो अवसरमा उनीहरुले प्रतिष्ठानका सम्पूर्ण आँखा सेवा प्रदान गर्ने इकाईहरु, फ्रेड हलोज इन्ट्राकुलर लेन्स ल्यावरोटरी तथा विभिन्न विभागको अवलोकन गरेका थिए ।

नेपालको आँखा कार्यक्रम विश्वस्तरमा चिनिएको भन्दै उनीहरुले सो कार्यक्रमको अगुवाई गर्ने डा सन्दुक रुईत तथा कार्यकारीहरुसंग छलफल समेत गरेका थिए ।

सन् २००३ देखि युएसएआईडी अमेरिकन स्कुलल्स एण्ड हस्पिटल्स अबरोड एण्ड युएसएआईडी चाइल्डहुड व्लाइन्डनेश कार्यक्रमहरुमार्फत अमेरिकी सरकारले नेपालमा आँखा स्वास्थ्य सेवामा सहयोग गर्दै आएको छ ।

उसले विशेषत सीमान्तकृत समुदायहरुका लागि सुधार ल्याउन योगदान गरिरहेको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *