चिकित्सा शिक्षा आयोगले दियो ७२ वटा स्वास्थय संस्थालाई आसय पत्र

412
Shares

काठमाडौँ, ९ जेठ । चिकित्सा शिक्षा आयोगले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत संचालन हुने गरी ७२ वटा स्वास्थ्य संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको आयोगको ११ औँ पूर्ण बैठकले देशभरीका ७२ वटा स्वास्थ्य संस्थालाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।

आसय पत्र पाएका कलेजहरुमा ४ वटा नर्सिङ कलेज रहेका छन् । अरु स्वास्थ्य संस्थाहरुमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी रहेका छन् ।

चिकित्सा शिक्षा ऐन आउनु अघि टिएसएलसी अध्यापन गराइरहेका तर बीचमा छुटेका कलेजले यसपटक नयाँ प्रक्रियाबाट आसय पत्र पाएका हुन् । आसय पत्र पाएका कलेजहरुको सिटिइभिटी र आयोगको अनुगमनपछि अध्ययन अध्यापनका लागि सिट निर्धारण गरिने आयोगका निर्देशक डा। दिलिप शर्माले जानकारी दिए ।

हिजो बालुवाटारमा बसेको आयोगको एघारौँ पूर्ण बैठकले यो सहित चार वटा निर्णय गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *