महाराजगञ्ज नर्सिङ् क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

240
Shares

 


काठमाडौं, ९ जेठ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगञ्ज नर्सिङ क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखविरुद्ध  अख्तियारमा उजुरी परेको छ।

क्याम्पसको स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरेको दाबीसहित एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले अख्तियारसमक्ष कारबाहीको माग गरेको हो ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले क्याम्पसका प्रमुख प्राध्यापक मुना रानाले क्याम्पसको करिकुलम कोर्सको हिमालयन बैंकमा रहेको करिब ११ लाख ७४ हजार रुपैयाँ आफ्नो व्यक्तिगत खाता (खाता नम्बर ००२००५६००८००१७) मा सारेर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दिएको उल्लेख गरेका छन् । ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *