कैदीबन्दीलाई झाडापखाला, उपचारका लागि स्वास्थ्य टोली खटाइयो

56
Shares

काठमाडौँ, ९ जेठ । मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ ।

सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो । सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए ।

सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *