गौशाला प्रहरीलाई जोखिम न्युनिकरण तथा प्राथमिक उपचार तालीम

124
Shares

काठमाडौँ, ४ जेठ । महानगरीय प्रहरी बृत्त गौशालामा बुधबार जोखिम न्युनिकरण तथा प्राथमिक उपचार तालीम सञ्चालन भएको छ । प्रहरी बृत्त गौशालाको आयोजना तथा हेल्पिङ हेण्ड सामुदायिक अस्पताल चावहिलको प्रविधिक सहयोगमा सो बृत्तमा कार्यरत जनपथ तथा ट्राफिक प्रहरीलाई तालीम दिइएको हो ।

तालीमको संयोजन गर्न नेपाल लाइफ सपोर्ट फाउन्डेशनका प्राडा विश्वास प्रधान उपस्थित थिए । उनले दुर्घटना तथा भवितव्यमा घाइते भएकाहरुको आकस्मिक उद्धार गर्न पुग्ने प्रहरीलाई जोखिम न्युनिकरणका लागि के के गर्ने र प्राथमिक उपचार कसरी गर्ने ? कुन अवस्था इमरजेन्सी अवस्था हो र त्यस्तो बेलामा के के गर्ने लगायतका विषयमा तालीम दिएका थिए ।

गौशाला बृत्तका प्रमुख एव प्रहरी नायव उपरीक्षक सञ्जीवबाबु खड्काले प्रहरी कुनै पनि घटना वा दुर्घटनाको पहिलो प्रतिक्रियाकर्ता हुने भएकोले यस किसिमको तालीमको एकदमै जरुरी भएको बताए । उनले यस्ता खालका तालीमले प्रहरीको क्षमता अभिबृद्धिमा समेत कोषे ढुंगा हुने बताए ।

तालीममा जनपथ तथा ट्राफिक गरी ८६ जनालाई सहभागी थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *