सर्पले डसेको बिरामीलाई अस्पताल लैजान नपर्ने भन्दै प्रार्थना गर्न लगाउने महिला पक्राउ

140
Shares

काठमाडौँ, ४ जेठ । सर्पले डसेको बिरामीलाई अस्पताल लैजान नपर्ने भन्दै प्रार्थना गर्न लगाउने महिला पक्राउ परेकी छन्।

बर्दियाको बासगढी – ३ महादेवाकी १६ वर्षीया ओमकुमारी डाँगीलाई गएराति १ बजेतिर करेत सर्पले हातमा डसेको थियो। डाँगीलाई सर्पले डसेपछि घर परिवारले उनलाई बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्तीको घर लगेका थिए ।

उनीहरुले सच्चाइ ‘धर्म गुरू’ घर्तीलाई छोरीलाई सर्पले डसेकोबारे बताएपनि घर्तीले सर्पले डसेको कुरा सामान्य भन्दै अस्पताल लैजान नपर्ने र प्रार्थना गरे ठिक हुने दाबीसहित त्यसै गर्न लगाएकी जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

प्रहरीका अनुसार सर्पले डसेकी घाइतेलाई प्रार्थना गर्न लगाएको कुरा आसपासका छिमेकीले थाहा पाएपछि तत्कालै अस्पताल लैजान सल्लाह दिएका थिए। त्यसपछि मात्रै परिवारले डाँगीलाई भेरी अस्पताल नेपालगंज बाँके पुर्‍याएका थिए।

घरपरिवारले डाँगीलाई अस्पताल लगेपनि आज बिहान पौने ९ बजे अस्पताल पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको र डाँगीको मृत्युपछि ‘धर्म गुरू’ घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सर्पले डसेकी बिरामीलाई सामान्य घटना भन्दै अस्पताल लैजान नदिई प्रार्थना गर्न लगाउने घर्तीलाई थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालबाट म्याद थप भइसकेको डिएसपी बोहोराले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *