अर्थोडोन्टिक सम्बन्धि १४ औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न 

164
Shares

काठमाडौँ, ३ जेठ । अर्थोडोन्टिक सम्बन्धि १४ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल (ओडान)को आयोजनामा बुढानीलकण्ठस्थित पार्क भिलेज होटलमा गत १४ र १५ मे मा चलेको सम्मेलनमा विभिन्न १२ देशका ५० सहित कुल २०० जना प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनमा भाग लिन भारत, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, ताइवान, मंगोलिया, सिंगापुर, न्युजिल्याण्ड, कम्बोडिया लगायतका देशबाट प्रतिनिधिहरु आएको सम्मेलन आयोजक समितिका सभापति प्राडा रबिन्द्रमान श्रेष्ठले बताए । उनले सोही अवसर पारेर एशिया प्यासेफिक अर्थोडोन्टिक सोसाइटीको फेस टू फेस मिटिङ गत १५ मे मा सम्पन्न गरिएको जानकारी दिए । यस्तै वर्ल्ड अर्थोडोन्टिक डे समेत मनाइएको बताए ।

सम्मेलनमा स्वदेश तथा विदेशबाट आएका विज्ञहरुले विभिन्न विषयमा तालीम तथा सोधकार्यहरु प्रस्तुत गरेको ओडोनका अध्यक्ष प्राडा दशरथ काफ्लेले बताए ।

ओडोनका सचिव डा मनिष बज्राचार्यले यस्ता खालका सम्मेलनले दन्त उपचारका क्षेत्रमा विश्वका विभिन्न देशले गरेका विकास तथा अनुभवलाई जानकारी लिन तथा साटासाट गर्न सहयोग पुग्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *