गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा चार घाइते

128
Shares

काठमाडौँ, २ जेठ । गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा चारजना घाईते भएका छन् ।

नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त रामनगरमा सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किदा चार जना घाइते भएका हुन्। उक्त एम्बुलेन्समा गर्भवती श्रृजना गौतम गोरखाबाट उपचारका लागि भरतपुर आउँदै थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवन ट्रकमा ठोक्किएर घाइते भएका मध्ये एम्बुलेन्स चालक गोरखा, सुलिकोट गाउँपालिका– ६का एक बहादुर सुनार र गर्भवती श्रृजना गौतमको अवस्था गम्भिर रहेको छ भने गर्भवती गौतमको अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ ।

उनका श्रीमान सुदिप गौतम मध्यम र मिना कोइराला भने सामान्य घाईते भएका छन्। उनीहरु सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।

थप अनुसन्धानका लागि ट्रक चालक हेटौँडा उपमहानगरपालिका– १९ का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *