नेपाल पेडियाट्रिक सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्ष बने डा. अरुणकुमार न्यौपाने

312
Shares

काठमाडौँ, ३० बैशाख । नेपालमा क्रियाशिल बाल रोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाईटी (नेपास)को अध्यक्षमा डा. अरुण कुमार न्यौपाने निर्वाचित भएका छन् ।

नेपासको (२०८० – २०८२ कार्यकारिणी समितिका लागि)  शनिबार सम्पन्न निर्वाचनबाट डा न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै समितिको उपाध्यक्षमा डा रामहरि चापागाईँ, महासचिवमा डा प्रकाश जोशी, कोषाध्यक्षमा डा केशवप्रसाद अग्रवाल, सचिवमा डा संगिता शाक्य र सह कोषाध्यक्षमा डा दीपक राजभण्डारी निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा डा सन्तोष अधिकारी, डा स्मृति माथेमा, डा रामचन्द्र बास्तोला र डा सन्तोष पोखरेल निर्वाचित भएका छन् । यस्तै डा लभकुमार साह, डा पावना कायस्थ, डा सुजिता भण्डारी र डा सृजना बस्नेत पनि नयाँ कार्यसमितिमा निर्वाचित भएका सदस्यहरु हुन् ।

कुल ५०७ जना सदस्य रहेको नेपासको निर्वाचित कार्य समितिको पदावधी दुई वर्षको हुनेछ । शनिवार भएको निर्वाचनमा सचिव र आठ जना सदस्य बाहेक बाँकी पदमा चिकित्सकहरु निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि नेपासको नेतृत्व बरिष्ठ बालरोग विशेषज्ञ डा गणेशकुमार राईले सम्हालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *