डा. पुकार सम्मानित

132
Shares

काठमाडौँ, २४ बैशाख । अङ्ग प्रत्यारोपण विज्ञ समेत रहेका शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ ।

मिर्गौला पिडीत सरोकार समाजले आफ्नो पाँचौ राष्ट्रिय अधिवेशनको अवसरमा शनिबार डा. श्रेष्ठलाई सम्मान गरेको हो ।

लामो समय देखि स्वास्थ्य क्षेत्रमा सेवा दिएका डा श्रेष्ठले एक हजार भन्दा बढी मिर्गौला प्रत्यारोपण तथा र नेपालमै कलेजोको प्रत्यारोपण शुभारम्भ गरेर अङ्ग प्रत्यारोपणका क्षेत्रमा उल्लेख्य योगदान गरेकोले सम्मान गरिएको मिर्गौला पिडीत सरोकार समाजले उल्लेख गरेको छ ।

सम्मान पछि बोल्दै डा श्रेष्ठले अङ्ग फेल भएका र अङ्ग नपाएर प्रत्यारोपण गर्न नपाई ज्यान जाने अवस्थाको अन्त्य गर्ने योजनामा सबै पक्ष लाग्नु पर्ने बताए । उनले अ अङ्ग दान गर्न र मस्तिष्क मृत्यु पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा अनुरोध गरे ।

कार्यक्रम समाजका अध्यक्ष बलराम सुवेदीको अध्यक्षतामा भएको थियो ।

प्रमुख अतिथि भने सांसद दीपा शर्मा रहेकी थिइन् । सो अवसरमा उनले अ अङ्गदान र प्रत्यारोपण कार्यमूलक बनाउन सरकारलाई घचघचाउने प्रतिवद्धता व्यक्त गरिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *