एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष चिकित्सा सेवा तर्फका व्यक्तित्वलाई प्रदान गरिने

काठमाडौँ, २४ बैशाख । जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष चिकित्सा विधा तर्फ सेवा दिईरहेका व्यक्तिलाई प्रदान गरिने भएको छ ।

पुरस्कार प्रदान गर्ने संस्था मदन भण्डारी फाउन्डेशनले कस्ता व्यक्तिलाई पुरस्कार प्रदान गर्ने भनेर प्राथमिकता समेत तोेकेको छ ।

फाउन्डेशनका अनुसार एक लाख नगद राशीको सो राष्ट्रिय पुरस्कार पाउनका लागि आधुनिक चिकित्सा प्रविधिकको प्रयोगमा माध्यमबाट नेपाली भूमिमा रही नयाँ र लाभदायी शल्यक्रिया प्रविधिको विकास, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजोसंग सम्वन्धी समस्याहरु, जन्मजात अपांङ्गताको उपचार र महिलाको पाठेघर खस्ने जस्ता समस्याहरुको उपचार व्यवस्थापन)मा क्रियाशिल व्यक्तिहरु योग्य हुनेछन् ।

यस्तै अन्य जटिल र सम्वेदनशील क्षेत्रको उपचारमा योगदान पुरयाएको तथा सो सेवाको संस्थागत विकासका साथै देशका दुर्गम स्थान र समुदाय केन्द्रीत, गरीव, असहाय र सेवाबाट बञ्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचका लागि विशेष भूमिका खेलका व्यक्तित्व समेत सो पुरस्कारका लागि योग्य हुने बताइएको छ ।

यस्तै फाउन्डेशनले अर्को एक लाख रुपैयाँ राशीको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार पनि प्रदान गर्ने भएको छ । यसका लागि यसपटक राष्ट्रिय खेलकुद परिषद्, नेपालद्धारा मान्यता प्राप्त खेलकुदका विभिन्न विधा र क्षेत्रका गतिविधिहरुमा १० वर्ष देखि लगनशील र समर्पित ढंगले क्रियाशिल रही सफलताका मानकहरु कायम गरेर नयाँ पुस्ताकाबीच खेल क्षेत्रको ज्ञान सिपको प्रचार तथा नेतृत्व हस्तान्तरका माध्यमबाट नयाँ पुस्ता तयार गर्ने अभियानमा योगदान दिदै समाज परिवर्तन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिलाई प्रदान गरिने उल्लेख छ ।

पुरस्कारका लागि व्यक्ति वा संस्था आफैले आवेदन दिन सक्नेछन् भने अन्य कुनै व्यक्ति वा संस्थाले सिफारिस पनि गर्न सक्नेछन् ।
मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आगामी १४ असारमा प्रदान गरिने सो पुरस्कारका लागि २५ जेठसम्म आवेदन दिन सकिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *