खोप लगाउन छुटेका बालबालिकालाई आज लगाइँदै

28
Shares

काठमाडौँ, १५ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ ।

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए ।

उनले दुई दिन खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने र कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि अभियान नै सञ्चालन गरिएको बताए । रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्षसम्म उमेरका बालबालिकालाई विभिन्न रोगविरुद्धको खोप लगाइन्छ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा खोप लगाएका, २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएका र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको छ ।

खोप लगाउन छुट भएका सबै बालबालिकालाई खोप लगाई नेपाललाई पूर्ण खोप सुनिश्चित गर्न अभियान नै सञ्चालन गर्न थालिएको परिवार कल्याण महाशाखाका निर्देशक डा।विवेकुकुमार लालले जानकारी दिए । उनले खोप लगाउन छुट्ने क्षेत्रको बच्चा पत्तालगाइ खोप अभियान सञ्चालन गरिने बताए ।

केही जिल्लामा खोप लगाउन छुट भएका बच्चाको सङ्ख्या बढेर दादुरा र रुवेलाको महामारीसमेत देखापरेकाले छुटेको खोप दिन थालेको जनाउँदै मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन पनि आग्रह गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *