थप १३६ जनामा कोरोना संक्रमण, ६४ जना संक्रमणमुक्त

64
Shares

काठमाडौँ, १२ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ५९१ जनाको नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

त्यस्तै, देशभर ३९० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये २७ जना संस्थागत आईसोलेसनमा, ४ जना आइसीयुमा र १ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *