चौतारा अस्पताल न्युनतम सेवा मापदण्ड पुरा गर्ने देशभरमै पहिलो

सिन्धुपाल्चोक, १२ चैत । चौतारा अस्पताल सिन्धुपाल्चोक देशभरका १५ बेड अस्पताल समूहमा प्रथम भएको छ । बागतमी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले गत ८ र ९ चैतमा गरेको न्युनतम सेवा मापदण्ड अनुगमनमा सो अस्पतालले ८९ प्रतिशत अंग प्राप्त गरि देशभरकै प्रथम हुन सफल भएको हो ।

अनुगमन गर्न बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ तथा न्युनतम सेवा मापदण्ड का टोली प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा। नरेन्द्र कुमार झा नेतृत्वको ५ सदस्यीय टोली आएको थियो । सो क्रममा टोलीले अस्पतालको सेवामा जम्मा ६४७ वटा मापदण्ड मध्ये ५७६ मापदण्डहरु पुरा गरेको पाएको थियो ।

कसरी भयो मूल्यांकन ?

मूल्यांकनको त्रमmमा अस्पताहरुको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अबस्था हेरेर मुल्याङ्कन गरिएको थियो । न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सपोर्ट सर्भिसमा २० प्रतिशत गरी कुल जम्मा १०० प्रतिशत मध्ये ८९ प्रतिशत ल्याइ नेपालमै १५ बेड क्याटोगोरीमा पहिलो भएको उक्त टिमका प्रमुख नरेन्द्र कुमार झाले समिक्षा कार्यक्रममा बताए ।

चौतारा अस्पताल बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ यसको भित्रि पक्ष पनि उत्तिकै सुन्दर हुदै गएको रहेछ मूल्यांकन समितिका संयोजक समेत रहेका झाले भने ।

न्युनतम सेवा मापदण्डको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपािलकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आफ्नो नगरभित्र रहेको अस्पतालले सिमित श्रोत साधनको बावजुत पनि गरेको प्रगतिले अस्पतालको मात्र नभइ नगरको र जिल्लाको समेत नाम राख्न सकेकोमा खुसी व्यक्त गरे । चौतारा अस्पतालले ८९ प्रतिशत ल्याउनु भनेको स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण अस्पतालले एक उदाहरण दिएको भन्दै उनले अब बाँकी रहेको ११ प्रतिशत काम पनि पुरा हुनेमा सापकोटाले विश्वास व्यक्त गरे ।

चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले अस्पताललाई आफुले नजिक बाट हेरिरहेको बताउदै अस्पतालको बिकास निर्माण तथा सेवा बिस्तारमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले अस्पतालको बारेमा बाहिरबाट आएका गुनासोहरुलाई छोटो समयमा पुरागरी स्वास्थ्य सेवामा गरेको भन्दै अस्पताल प्रशासनको प्रशंसा गरिन् ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले अस्पतालको गतिलाई थप प्रभावकारी ढंगवाट संचालन गरी तत्काल ५० सैयामा स्तर उन्नतीका साथ देशको उत्कृष्ठ अस्पतालको रुपमा चिनाउन तिनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।

अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिई अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

अस्पताल यहाँ सम्म पुग्नुमा अस्पतालमा कार्यरत कार्यालय सहयोगी देखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुको ठुलो भुमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। त्रिभुवनचन्द्र झाले सहयोगी सबैलाई धन्यवाद दिए ।

अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ११ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो ।

कार्यक्रममा अस्पतालवाट महिनामा उत्कृष्ठहुने कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरीएको थियो ।

उत्कृष्ठ कर्मचारीहरुमा मंसिर महिनामा तामबहादुर श्रेष्ठ (कार्यायल सहयोगी), पुस महिनामा विवेक श्रेष्ठ (सहायक कम्प्युटर अपरेटर), माघ महिनामा डा. सुसान्त श्रेष्ठ (मेडिकल अधिकृत), फागुन महिनामा – रन्जिता श्रेष्ठ (स्टाफ नर्स) टिकालाल श्रेष्ठ (कार्यालय सहयोगी) रहेका थिए ।

यसतै अस्पतालमा आएका बिरामीहरुको विद्युतीय अभिलेख चुस्त दुरुस्त राख्ने अन्तरंग विभाग, बहिरंग विभाग र प्रयोगशाला शाखालाई समेत सम्मान गरिएको थियो ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *