सरकार र आन्दोलनरत चिकित्सक संघबीच बार्ता हुँदै

कुरा मिले आन्दोलन फिर्ता लिन्छौँ : डा. कार्की

काठमाडौँ, २९ माघ । अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेको नेपाल चिकित्सक संघ र सरकारबीच बार्ता हुन थालेको छ । अहिले विहान ८ बजे देखि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच बार्ता हुन लागेको हो ।

बार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गर्नेछन् । त्यसमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयको प्रतिनिधिहरु रहनेछन् । यस्तै चिकित्सक संघको तर्फबाट नेतृत्व डा लोचन कार्कीले गर्ने भएका छन् । सो टोलीमा महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता हुनेछ ।

‘मुख्य त दुईवटा माग छ, पहिलो चिकित्सक तथा स्वास्थ्य कर्मीको सुरक्षा सम्वन्धमा र अर्को भिभिआईपीको सवारी सम्वन्धमा । यहि विषयमा कुरा गर्न जाँदै छौँ । माग पुरा भयो भने आजको बन्द फिर्ता हुनेछ,’संघका अध्यक्ष लोचन कार्कीले भने ।

गत शुक्रबार राष्ट्रपति विद्या देवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो ।

तर, घटनामा सम्लग्न प्रहरी कारवाहीको दायरामा परिसकेपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम अघि सारेको छ । कारवाहीको दायरामा परिसकेपछि त्यहि मुद्धालाई देखाएर आन्दोलन गर्न लागेको भन्दै संघको कदमको चौतर्फी आलोचना भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *