स्वास्थ्य मन्त्रालयद्धारा प्रधानमन्त्री दाहालसमक्ष नीतिगत प्राथमिकता समेटिएको कार्ययोजना प्रस्तुत (पूर्ण पाठ सहित)

काठमाडौँ, २५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रमको कार्ययोजनामा समावेश तथा सम्वोधन गरिएका विषय बारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्री पदम गिरीको नेतृत्वमा गएको स्वास्थ्य मन्त्रालयको टोलीले मंगलबार स्वास्थ्यका नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रमको कार्ययोजना पेश गर्दै प्रधानमन्त्रीलाई जानकारी गराएको हो ।

स्वास्थ्यको प्राथमिकतामा अहिले नीतिगत र संरचनागत सुधार सम्वन्धी, सुशासन गुणस्तरीय सेवा र वितरण सम्वन्धी, दीगो आर्थिक विकास र अर्थतन्त्रको सवलीकरण सम्वन्धी विषय परेका छन् । यस्तै मेक इन नेपाल : काम रोजगारी, उद्यमशीलता र स्वदेशी उत्पादन सम्वन्धी, स्वस्थ नेपाल निरोगी नेपाल सम्बन्धी, बन बातावरण अनुकूलन र विपद व्यवस्थापनका विषय उल्लेख छ ।

‘हिजो प्रधानमन्त्री समक्ष विभिन्न मन्त्रालयको ब्रिफिङ थियो । त्यसमा स्वास्थ्यले पनि आफ्ना प्राथमिकताका योजना र गरेका कामहरुबारे जानकारी गरायो । तर मन्त्रालयको छुट्टै भएन प्रधानमन्त्री कार्यालयका सचिवले सबै मन्त्रालयको विषयलाई संयुक्त रुमपा पेश गर्नुभयो,’ स्वास्थ्यका नीति योजना महाशाखाका प्रमुख डा कृष्ण पौडेलले भने ।

उनले मन्त्रालयका गरेका काम, गर्न अघि सारेका काम र अहिलेका अवस्थाको विवरण पठाइएको समेत बताए ।

ब्रिफिङमा मन्त्रीसहित सचिवद्धय देवकुमारी गुरागाईँ, डा रोशन पोखरेल, नीति योजना महाशाखा प्रमुख डा पौडेल लगायतको सहभागिता थियो ।

प्रधानमन्त्री कार्यालयलाई पेश गरेको स्वास्थ्यको विवरण यस्तो छ:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *